इमर्जिङ एसिया कप क्रिकेटः नेपाल बंगलादेशसँग पराजित


SHARES

काठमाडौं । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।

१३९ रनको सामान्य लक्ष्य पच्छ्याएको आयोजक बंगलादेशले २४ औं ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका नजमुल हुसेन शान्टोले ५९ तथा यासिर अलीले १८ रनको अविजित पारी खेले । यस्तै, मोहम्मद नैवले ४५, सौम्य सरकारले ११ रन बनाए । नेपालका करण केसी र शुशान्त भारीले एक–एक विकेट लिए ।

यसअघि बंगलादेशको ढाकास्थित कृरा शिक्खा मैदानमा टस हारेर पहिले व्याटिङमा आएको नेपालले १३८ रन बनाएको थियो । । कुशल भुर्तेलले १० तथा बनाए । नेपालका सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २२, करण केसीले १८ तथा आरिफ शेखले ११ रन बनाए । बंगलादेशका सुमोन खान र मिनहाजुल अविदीन अफ्रिदीले समान ३–३ विकेट लिए ।

समान तीन खेल खेलेको बंगलादेश शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल एकमा जित र दुई खेलमा हारसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV