झापामा ‘डिज्‍ने ल्याण्ड’ बन्दै « Nagarik Khabar

झापामा ‘डिज्‍ने ल्याण्ड’ बन्दै



झापा । झापाको दमकमा अत्याधुनिक फन पार्क बन्ने भएको छ । फन पार्क विश्व चर्चित डिज्‍ने ल्याण्ड  पार्क जस्तै हुने जनाइएको छ ।

दमक नगरपालिका–८ बालुवाटारमा १६ अर्ब रुपैयाँ लागतमा पार्क बनाइन लागेको पार्कका लगानीकर्तामध्येका एक अजेयराज सुमार्गीले जानकारी दिए । पार्क १२२ बिघा क्षेत्रफलमा बन्ने छ ।

‘विश्व चर्चित् डिज्नेल्याण्डकै स्वरुपमा यो पार्क बन्नेछ,’ सुमार्गीले भने, ‘पार्क अवलोकनका लागि भारत तथा दक्षिण एसियाका अन्य देशहरुबाट लाखौं पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।’ फन पार्क बनेपछि त्यसले झापा जिल्लाका साथै सम्पूर्ण प्रदेश १ कै अर्थतन्त्रलाई धेरै माथि उठाउने सुमार्गीले बताए ।

व्यवसायी सुमार्गीका अनुसार पार्क अढाई वर्षमा बनिसक्ने छ । पिपिपी मोडलमा सरकारी र निजी लगानीमा बन्न लागेको यो पार्कमा प्रदेश सरकारको पनि लगानी रहने जनाइएको छ । यो पार्क निर्माणले नेपालमा पिपिपी मोडलको सफल र उदाहरणीय काम हुने सुमार्गीले बताए ।

पार्क निर्माण स्थलको लगानीकर्ता सुमार्गीलागयतले अवलोकन गरिसेकेका छन् । स्थलगत अवलोकनमा पार्क निर्माण गर्न उपयुक्त देखिएपछि पार्कको डिपिआर तीव्र गतिमा बनिरहेको बताइएको छ । पार्कको शिलान्यास आगामी माघभित्र गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: