ओली-प्रचण्डलाई मन्त्रीहरुको प्रश्नको वर्षा, डेरा खोज्दै मन्त्री ! « Nagarik Khabar

ओली-प्रचण्डलाई मन्त्रीहरुको प्रश्नको वर्षा, डेरा खोज्दै मन्त्री !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद्का सदस्य परिवर्तनको सैद्धान्तिक सहमति दिएकोमा मन्त्रीहरुले आपत्ति जनाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्रीहरुले आपत्ति जनाएका छन् । हट्ने चर्चामा रहेका मन्त्रीहरुले आफूहरुलाई हटाइनुको कारण लिखित रुपमै दिनुपर्ने माग गरेका छन् ।

दिउँसोसम्म प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटार पुगेर मन्त्रीहरुले सरकारको काम गराइको गतिमा आफूहरुका कारण कुनै प्रभाव नपरेको बताए ।

दुवै अध्यक्षलाई मन्त्रीहरुले आफूहरुलाई असक्षम बनाउनुको कारण दिन माग गरेका थिए । उनीहरुको प्रश्नको जवाफ दिन दुवै अध्यक्षलाई अप्ठ्यारो परेको छ ।

चौतर्फी दबाब परेपछि कम्तिमा ८ जना मन्त्री परिवर्तन गर्ने प्रधानमन्त्रीको चाहनामा पनि धक्का लाग्ने देखिएको छ । पछिल्लो समय जम्मा पाँच जना मन्त्री परिवर्तनमा छलफल केन्द्रित भएको छ ।

डेरा खोज्दै मन्त्री

आफूहरुलाई हटाउने विषयमा मिडियामा निरन्तर समाचार आएपछि मन्त्रीहरुले डेरा खोजिरहेका छन् । केही मन्त्रीले डेरा खोजेर सामान सार्ने तयारी गरेका छन् ।

तत्काल नै नयाँ मन्त्री नियुक्त गर्ने भएकाले हट्ने चर्चामा रहेको तीन चारजना मन्त्रीले डेरा खोजिरहेका छन् । 

मन्त्रीहरुको चर्को दबाबले आज नै मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना कम हुँदै गएको एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: