पीएसएल ड्राफ्टमा नेपालका ८ खेलाडी समावेश


SHARES

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका ८ जना खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।

सोमबार पीएसएलले सार्वजनिक गरेको सिल्भर क्याटगोरीमा नेपालका पारस खड्कासहित, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका छन् । त्यस्तै बलर सन्दीप लामिछानलाई भने प्लाटिनम क्याटगोरीमा राखिएको छ । जुन पीएसएलको सबै भन्दा उच्च क्याटगेरी हो ।

सन्दीप रहेको क्याटगोरीमा अफगानिस्तानका राशिद खान, मोहम्मद नाबी, मुजिव उर रहमान, इंग्ल्याण्डका मोइन अली, एलेक्स हक्स, जोसन रोय, क्रिस जोर्डन न्युजिल्याण्का कोलिन मुनरो, दक्षिण अफ्रिकाका जेपि ड्युमिनी, डेल स्टेन, वेष्ट इण्डिजका सुनिल नारायण,किरोन पोलार्ड, ड्वेन ब्राभो, श्रीलंकाका एन्जेलो म्याथुज, थिसारा परेरा आदि खेलाडी रहेका छन् ।

खेलाडीलाई ५ क्याटगोरीमा राखिएको मध्ये इमर्जिङ क्याटगोरीका खेलाडीले ६.५ देखी ९.५ हजार अमेरिकी डलर पाउने छन् । त्यस्तै सिल्भरकाले १५–३५ हजार अमेरिकी डलर पाउने छन् । गोल्डकाले ४४–५८ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । डाइमन्ड क्याटगोरीका खेलाडीले ७३ हजार देखी १ सय ३ पाउण्ड रहेको छ । त्यस्तै प्लेटिनम क्याटगोरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखी २ लाख १८ हजार अमेरिकन डलरसम्म प्राप्त गर्ने छन् ।

पीएसएलको ड्राफ्ट आगमी डिसेम्बर ६ र ७ मा हुने छ । पीएसएलका प्रत्येक टोलीले ड्राफ्ट भन्दा अगाडि ८ जना खेलाडीलाई रिटेन गर्न सक्नेछ । 

एक टोलीले प्लेटिनम, गोल्ड र डाइमन्ड क्याटगोरीका ३–३ जना मात्र किन्न पाउने छ । सिल्भर क्याटगोरीका ५ र इमर्जिङबाट २ खेलाडी छनोट गर्नुपर्नेछ । यस्तै दुई जना बैकल्पिक खेलाडीको रुपमा दुई जना राख्न मिल्नेछ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV