सिद्धबाबा सुरुङ मार्ग निर्माणको प्रक्रिया अघि बढाउन अर्थको सहमति « Nagarik Khabar

सिद्धबाबा सुरुङ मार्ग निर्माणको प्रक्रिया अघि बढाउन अर्थको सहमति



काठमाडौं । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माणको ठेक्कका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ ।

सुरुङ मार्ग निर्माणका लागि ठेक्काको प्रक्रिया अघि बढाउन अर्थले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहमति प्रदान गरेको हो । सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँमा ठेक्का प्रक्रिया अघि बढाउन मन्त्रिपरिषदको मंसिर १ गतेको निर्णय अनुसार सहमति प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुरुङ मार्ग निर्माणको ठेक्का सडक विभागले छिट्टै गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: