‘करको विषय उद्योगीसँग बसेर टुङ्ग्याउँछु’ « Nagarik Khabar

‘करको विषय उद्योगीसँग बसेर टुङ्ग्याउँछु’



काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नपर्ने गरी व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएको छ ।

आठौं कर दिवस तथा कर सप्ताहको दोस्रो दिन नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा महाननिर्देशकले सो धारणा राखेका हुन् ।
महानिर्देशक कुँवरले कर शिक्षालाई प्राथमिकता दिदै प्रणाली र प्रक्रियागत विषयमा सुधार गरि कर कार्यालय नपुगि कर भुक्तानी मोबाईल सिस्टममा जाने बताए ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले आर्थिक ऐन २०७६ लागू भएको चार महिना नहुँदै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नभएको बताए ।

कर दिवसले करदातालाई आफूले तिरेको रकमको सही सदुपयोग हुने भएकाले कर कानूनको परिपालना, कर चुहावट नियन्त्रण एंव करदाता शिक्षाको माध्यमबाट सर्वसाधारणलाई कर सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका हुने दावी गरे। उनले उद्यमी व्यवसायीले कर सम्बनधी कानून उल्लघंन गरेका पाइएमा उनिहरुलाई फौज्दारी अभियोग नलगाई आर्थिक जरिवानामात्र लगाउनु पर्ने धारणा राखे । अध्यक्ष श्रेष्ठले कर अधिकृतको स्वविवेकीय अधिकारलाई वस्तुपरक र निश्चित मापदण्डभित्र ल्याइने बताए ।

राष्ट्र बैंकको तत्थ्यांक अनुसार आव २०७५/७६ मा राजश्व परिचालन ८६५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधीमा सरकारको कूल राजश्व ७२६ खर्ब ७२ करोड रहेको थियो । यस आव २०७६/७७ को दुई महिनाको राजश्व संकलन १४१ अर्ब ५१ करोड रहेको र सो अघिल्लो वर्षको सोही अवधिमा ११९ अर्ब २० करोड रहेको थियो ।

२०७४/७५ को तुलनामा २०७६/७७ मा १६ प्रतिशतले राजश्व वृद्धि भएको र आव २०७६/७७ को दुई महिनामा सो वृद्धि करिब १५.७ प्रतिशतले वृद्धि भएबाट राजश्वको वृद्धि भैरहेको छ । सोही अवधिमा खर्च भने ५३ प्रतिशतले घटेको छ ।

कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच कर सम्बन्धी तालिम दिनेबारे सम्झौता भएको छ । होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले सम्झौता पत्रमा हस्ताक्षर गरेकाथिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: