भारतले गर्‍यो भक्तपुरजस्ता पाँच जिल्ला अतिक्रमण‚ कहाँ कति ? « Nagarik Khabar

भारतले गर्‍यो भक्तपुरजस्ता पाँच जिल्ला अतिक्रमण‚ कहाँ कति ?



  • विदुर कटुवाल

काठमाडौं । भारतले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेको आफ्नो भूमिमा समेटेको छ ।

यति मात्र होइन, भारतले नेपालको २३ जिल्लाका ७१ ठाउँमा सीमा अतिक्रमणको गरेको छ । सुगौली सन्धिलाई वर्षौदेखि विवाद देखाउँदै आएकाले भारतले अहिले नक्सामा समेटेपछि ३ सय ८५ वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखिन्छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तकलाई आधार मान्दा नेपालका २३ जिल्लामा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूभाग भारतले कब्जा गरेको छ । उक्त भूभाग नेपालको सबैभन्दा सानो क्षेत्रफल भएको जिल्ला भक्तपुर जस्ता पाँचवटा जिल्ला हो । किनकि, भक्तपुर १३८ दशमलब ४८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

सुगौली सन्धिपछि तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारद्वारा प्रकाशित सबै नक्सामा महाकालीको मुहान लिम्पियाधुरा नै देखाइएको छ । नेपाल–अँग्रेज युद्धपछि नेपाल र ईष्ट–इण्डिया कम्पनीबीच भएको सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिमी सीमा महाकाली नदी निर्धारण गरेको छ । उक्त नदीको उद्गम दार्चुला जिल्लाको ब्यास गर्खाअन्तर्गत पर्ने लिम्पियाधुरा पर्दछ ।

सन् १८५६ पछि भने ब्रिटिश इण्डियाले नेपालको पश्चिमी सीमामाथि नक्शामार्फत अतिक्रमणमा थालेको थियो । पछि बेलायती उपनिवेशषबाट स्वतन्त्र भएपछि भारतले सन् १९५० को उत्तराद्र्धतिर कालापानी (तिल्सी)मा सुरक्षा चौकी स्थापना गरी अतिक्रमणको अभियान सुरु गरेको पाइन्छ ।

कहाँ कति भूभाग मिच्यो भारतले ?

भारतले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ब्याँस गाँउपालिकाभित्र पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा मात्र ३८५ वर्ग किमी क्षेत्रफल मिचेको छ । त्यहाँको भूभाग नै भक्तपुर जिल्लाको क्षेत्रफल भन्दा तीन गुणा बढी हो । अर्थात् तीनवटा भक्तपुर बराबरको क्षेत्रफल त्यहाँ मिचिएको छ ।

एक हेक्टर बराबर १.४८ बिघाा हुन्छ । यसैगरी एक हेक्टर बराबर १९.६६ रोपनी, एक रोपनी बराबर २.४७ एकड हुन्छ । यस्तै, एक हेक्टर बराबर ०.०१ वर्गकिलोमटिर हुन्छ । जसलाई वर्गकिलोमिटरमा हेर्दा यसरी अतिक्रण भएको पाइन्छ ।

अतिक्रमणमा ठाउँ र क्षेत्रफल

कालापानी क्षेत्रमा– ३८५ वर्गकिलोमिटर
चिवा भनज्याङ्ग काब्रु– ४१ वर्गकिलोमिटर
तिम्बुकपोखरी– ४ वर्गकिलोमिटर
कावेली लामेखोला उद्गम– ८ वर्गकिलोमिटर
काब्र डाँडो पूर्वपाटो– ६ वर्गकिलोमिटर 
तुम्लिङ वस्ती– २.२ वर्गकिलोमिटर 
परासन प्याराताल– ९.८० वर्गकिलोमिटर
सखडा भगवती क्षेत्र दक्षिण– १४ वर्गकिलोमिटर
ब्रह्मदेवमण्ड दक्षिण पश्चिम– ०.१५ वर्गकिलोमिटर
टनकपुर व्यारेज पूर्वी जलशाय– २.२ वर्गकिलोमिटर
शारादा व्यारेजको सट्टा नपाएको– ०.१५ वर्गकिलोमिटर
वनबास गड्डाचौकी– ०.०३० वर्गकिलोमिटर
शुक्लाफाँटको विभिन्न ठाँउमा– ३.३१ वर्गकिलोमिटर
भुडगाउँ पुइचमा– ०.१४ वर्गकिलोमिटर
फुटिया गाउँमा– ०.०३
सुहेली नाला काँगडी ताल– ०.२ वर्गकिलोमिटर
फूलबारी गाउँको दक्षिण– ०.५ वर्गकिलोमिटर
कौवाखेडा क्षेत्र– २.२ वर्गकिलोमिटर
कुसुमघाट क्षेत्र– ०.३९वर्गकिलोमिटर
राजापुर वस्ती दक्षिण– ०.१० वर्गकिलोमिटर
नकुवा नाला क्षेत्र– ०.१०वर्गकिलोमिटर
खैरीगाउँ गरुवा नदी किनार– ०.०४ वर्गकिलोमिटर
गुलरिया चौगुर्जी–०.७ वर्गकिलोमिटर
होलिया क्षेत्र– ०.४२ वर्गकिलोमिटर
नारायणपुर केरावारिया नाला– ०.०९ वर्गकिलोमिटर
कोइलावास– ०.२५ वर्गकिलोमिटर
कृष्णनगर बजार– ०.०१ वर्गकिलोमिटर
मचबारको अजमा– ०.५० वर्गकिलोमिटर
बेलिहा नाका– ०.५ वर्गकिलोमिटर
सुस्ता क्षेत्र– १४५ वर्गकिलोमिटर
बाल्मिकी आश्रम– १.७० वर्गकिलोमिटर
दारामाला मण्डी चुरे– ०.४ वर्गकिलोमिटर
ठोरी नयाँ वस्ती– ०.७० वर्गकिलोमिटर
लक्ष्मीपुर पिरा– १.३५ वर्गकिलोमिटर
दशौता गाउँ पश्चिम– ०.७वर्गकिलोमिटर
मितेरी पुल प्रोटोला– ०.५ वर्गकिलोमिटर
भन्सार पूर्व अहिर टोल– ०.१० वर्गकिलोमिटर
इनरवा चमार टोल– ०.६ वर्गकिलोमिटर
दक्षिण झिटकैयाँ– ०.३० वर्गकिलोमिटर
जमुना गाँउ दक्षिण– ०.१५ वर्गकिलोमिटर
झिमनदी त्रिभुवन वस्ती– ०.०४ वर्गकिलोमिटर
संग्रमपुर– ०.०८ वर्गकिलोमिटर
संसिबजार पश्चिम– ०.०५ वर्गकिलोमिटर
सिसवा कटैया– ०.०९ वर्गकिलोमिटर
माडर झरवा टोल– ०.०७ वर्गकिलोमिटर
ठाँडी गाउँ सडक– ०.०७वर्गकिलोमिटर
सुर्वर्णपट्टी– ०.४० वर्गकिलोमिटर
बर्दाही गाउँ क्षेत्र– ०.१४ वर्गकिलोमिटर
गोविन्दपुर– ०.२३ वर्गकिलोमिटर
कुनौलीको ऐलानी जग्गा– ०.२९ वर्गकिलोमिटर
विष्णुपुर शिवनगर– ०.८ वर्गकिलोमिटर
भान्टाबारी कटैया– ०.१५ वर्गकिलोमिटर
शिवजंग पकरिया– ०.८ वर्गकिलोमिटर
साहेवगंग– ०.२० वर्गकिलोमिटर
बुधनगर– ०.७ वर्गकिमीवर्गकिलोमिटर
बौका चोप्राहा– ०.१३ वर्गकिलोमिटर
सोनापुर दोरिया– ०.१५ वर्गकिलोमिटर
कोराबारी– ०.४१ वर्गकिलोमिटर
पाठामारी– ०.१० वर्गकिलोमिटर
महेशपुर डोल गाउँ– ०.१० वर्गकिलोमिटर
भद्रपुर विद्यालय पूर्वपट्टी– ०.२७ वर्गकिलोमिटर
कालीबजार क्षेत्र– ०.१ वर्गकिलोमिटर
भान्साखोला– ०.४१ वर्गकिलोमिटर
नकलबन्दा– ०.१५ वर्गकिलोमिटर
बाहुडाँडी– ०.२० वर्गकिलोमिटर
गुफापाताल छबिसे– ०.९ वर्गकिलोमिटर
फाटक पुलखोला हिले– ०.१५ वर्गकिलोमिटर
मानेभनज्याङ्ग– ०.४ वर्गकिलोमिटर
सन्दकपुर थुम्को– ०.५४,वर्गकिलोमिटर
आहालगैरी– ०.१४ वर्गकिलोमिटर

यसैगरी अन्य क्षेत्रमा पन भारतले सीमा अतिक्रमण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: