वाम गठबन्धन काग र कोइलीजस्तो : सिटौला « Nagarik Khabar

वाम गठबन्धन काग र कोइलीजस्तो : सिटौला



बागलुङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको टिप्पणी गरेका छन् ।

उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा सोमबार भएको कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने नेकपा र सङ्घीयता चाहिँदैन भन्ने पार्टी राष्ट्रिय जनमोर्चाको तालमेलले जनता हसाएको टिप्पणी गरे ।

आगामी मंसिर १४ गते हुन गइरहेको बागलुङ क्षेत्र नं– २ प्रदेशसभा ‘ख’मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा नेता सिटौलाले नेकपाले आफ्ना कार्यकर्ताको मर्म विपरीतको कार्य गरेको भन्दै कांग्रेसले खबरदारी गर्ने बताए । सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुट्नका लागि आग्रह गरे ।

कांग्रेसका चुनावी अभियानका लागि सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा बागलुङ आउने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: