पूजा बोहोरा बलात्कार प्रकरण : भट्ट र अवस्थीलाई साढे ११ वर्ष जेल « Nagarik Khabar

पूजा बोहोरा बलात्कार प्रकरण : भट्ट र अवस्थीलाई साढे ११ वर्ष जेल



काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणका अभियुक्तलाई जनही साढे ११ वर्ष जेल सजाय तोकेको छ ।

घटनाको ८ वर्षपछि सोमबार अभियुक्तद्वय सागर भट्ट र अम्मरराज अवस्थीलाई जेल सजाय तोकिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा यम विरहीले लेखेका छन् ।

यसैगरी पीडितलाई राज्य र पीडकबाट दश लाख क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ । बलात्कार प्रकरणमा दोषी ठहर गरिएका भट्ट र अवस्थीलाई जेल सजाय हुने गरी अन्तिम फैसला भएको छ ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र हरि फुँयालको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । उनीहरुलाई यसअघि सोही इजलासले बलात्कारी ठहर गरेको थियो ।

सर्वोच्चले दोषी ठहर गरे पनि सजाय तोक्न बाँकी थियो ।

जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना एवं तथ्य प्रमाणको न्यायोचित विश्लेषण हुन नसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा ‘दाहोर्याइ पाउँ’ निवेदन दर्ता गराएको थियो ।

२०७१ साल पुस २ गते पेश भएको उक्त निवेदनमा पाँच वर्षपछि अन्तिम फैसला आएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: