आलमको धाकधम्की जेलभित्रबाट पनि « Nagarik Khabar

आलमको धाकधम्की जेलभित्रबाट पनि



काठमाडौं । कर्तव्य ज्यान मद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् ।

आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहत स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् ।

गिरीरले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए । भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेर मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् ।

मागपत्रमा रौतहतका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरुलाई राम्रो नहुने चेतावनी दिएका छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: