स्थानीय तहको स्रोत व्यवस्थापन कमजोर « Nagarik Khabar

स्थानीय तहको स्रोत व्यवस्थापन कमजोर



काठमाडौं । स्थानीय तहहरुको स्रोत व्यवस्थापनको अवस्था अत्यन्तै कमजोर रहेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजस्व संकलन क्षमता ९४ प्रतिशतसम्म कमजोर रहेको बताएको छ ।

यससँगै मन्त्रालयले क्षमता अभिबृद्धि मार्फत राजस्व संकलन, उपयोग लगायतमा सुधार गरी स्थानीय तहलाई सक्षम बनाउने योजना अनुसार काम भइरहेको बताएको छ ।

यससँगै मन्त्रायले स्थानीय तहहरुले आन्तरिक स्रोत व्यवस्थापन बारेको विवरण माग गरेको छ ।

तर, अधिकांश स्थानीय तहहरुले मन्त्रालयले माग गरेको आर्थिक बर्ष २०७५/७६ को आन्तरिक स्रोतको विवरण पटकपटक ताकेता गर्दा समेत विवरण उपलब्ध गराएका छैनन् ।

आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: