औषधिको जीएमपी परीक्षणमा दुईवटा भारतीय उद्योग फेल « Nagarik Khabar

औषधिको जीएमपी परीक्षणमा दुईवटा भारतीय उद्योग फेल



काठमाडौं । नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमध्ये दुई वटा भारतीय उद्योगहरु गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्डमा फेल भएका छन् ।

नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्ड लागू भएको छ कि छैन् भन्दै गरेको स्थलगत निरीक्षणमा दुई भारतीय उद्योग फेल भएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागको टोलीले गत असारमा भारत, बंगलादेश, भियतनाम, युक्रेन, जोडर्न र फिलिपिन्समा रहेका विभिन्न २३ वटा उद्योगमा पुगी जीएमपी मापदण्डको निरीक्षण गरेको थियो ।

विभागले सार्वजनिक गरेको प्रतिवेदनमा पटना विहारमा रहेको श्री वैद्यनाथ आयुर्वेद भवन प्रालि र नागपुर भारतमा रहेको युनिजुलेस लाइफ साइन्सेज लिमिटेड रहेको उल्लेख छ ।

यी दुबै उद्योगले आयुर्वेदिक औषधि उत्पादन गरी नेपालमा निर्यात गर्ने गरेका थिए । मापदण्ड पूरा नगरेपछि यी दुवै कम्पनीले उत्पादन गर्ने औषधिको दर्ता विभागले गर्दैन ।

प्रतिवेदनले ती कम्पनीबाट औषधि आयात नहुने जनाएको छ । विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीका अनुसार ती कम्पनीले उत्पादन गर्ने प्रोडक्ट दर्ता नगरिने बताए ।

उनले भने, ‘हामीले अनुगमनका क्रममा जीएमपी मापदण्ड पूरा नगरेका औषधि उद्योगको प्रोडक्ट दर्ता गर्दैनौं । अब नयाँ दर्ता हुने कम्पनीको जीएमपी कम्प्लाई हुनैपर्छ । पुरानोले पनि सो मापदण्ड पु¥याउनै पर्छ । विभागको टोलीले २३ वटा निरीक्षण गर्दा दुईवटाको मापदण्ड पुगेन ।’

आजको राजधानी दैनिकमा प्रशान्त वलीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: