ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने « Nagarik Khabar

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।

बैंकले आव २०७५/७६ मा दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड पुग्ने बैंकले जनाएको छ । साथै साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

सोमबार सम्पन्न साधारणसभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृतिप्राप्त गरी ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ ।

साधारणसभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्सिरभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: