प्रहरीले कुकुर ल्याएपछि प्रदर्शनकारीले ल्याए सिंह, त्यसपछि भाग्यो प्रहरी (भिडियोहित)


SHARES

एजेन्सी । सडकमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाउन प्रहरीले नयाँ तरिका अपनायो, कुकुर लिएर जाने । कुकुरको डर देखाएर प्रदर्शनकारीलाई हटाउन प्रहरीले त्यसको उपयोग पनि गर्याे र परिणाम पनि देखियो ।

तर, प्रहरीको यो तरिकाले धेरै बेर काम गरेन । प्रदर्शनकारीले पनि प्रहरीलाई ‘जस्तालाई त्यस्तै’ शैलीमा जबाफ दिए । जब प्रदर्शनकारीलाई भगाउन प्रहरी कुकुर लिएर पुग्यो त्यसको केही समयपछि एक प्रदर्शनकारी सिंह लिएर आए र प्रहरीतर्फ गए ।

प्रदर्शनकारीले सिंह ल्याएपछि भागदौड मच्चियो । कुकुर लिएर प्रदर्शन नियन्त्रण गर्न पुगेका प्रहरी पनि त्यहाँबाट भागेका थिए ।

यो घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा एक व्यक्ति सिंह लिएर सडकमा आएको देखिन्छ । सिंहलाई सिक्रीले बाँधिएको छ । सिंह देखेपछि प्रहरीहरु यताउता भागेका थिए । त्यसपछि सिंह कराउँछ अनि झन् भागदौड मच्चिन्छ ।

जसले सिंह लिएर सडकमा आएका थिए ती व्यक्ति सिंहसँगै देखिन्छन् । सिंहको ढाडमा झण्डा ओडाइएको हुन्छ । त्यसपछि सिंह सडकको बीचमा गएर बस्छ र उक्त व्यक्ति पनि नजिकै बस्छ । त्यहा वरपर रहेका प्रहरी पनि उक्त व्यक्ति भएको स्थानमा जान सक्दैनन् ।

यो घटना इराकको हो । इराकस्थित बाबेल प्रोभिन्समा यस्तो घटना भएको जनाइएको छ । त्यहाँ भ्रष्टाचार, गरिबी, बेरोजगारीलगायत अन्य थुप्रै मुद्दा उठाएर सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् ।

पछिल्लो पटक अक्टोबर १ यता विरोध प्रदर्शन सुरु भएको थियो । त्यसयता त्यहाँ प्रहरी कारबाहीमा पनि कम्तीमा ३०० जनाको मृत्यु भइसकेको र १० हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाले जनाएका छन् ।

हेर्नुस् भिडियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV