असामको वेश्यालयबाट सात नेपाली युवतीको उद्धार


SHARES

एजेन्सी । असामको सिल्चारस्थित एक वेश्यालयबाट सात नेपालीको उद्धार गरिएको छ ।

उद्दार गरिएका सातजनामध्ये चारजना नाबालिग र तीन जना २० वर्ष मुनिका रहेको बताइएको छ ।

शक्ति समूह नामक संस्थाले उनीहरुको उद्धार गरेको हो ।

उक्त वेश्यालयबाट गतन जुलाई १४ मा एक किशोरीको उद्दार गरिएको थियो ।

उनै युवतीको सहयोग र मद्दतले बेश्यालयमा छटपटाइरहेको सात जना युवतीको उद्दार गरिएको शक्ति समूहका कानूनी तथा प्रशिक्षण सल्लाहकार दिपिल कोइरालाले जानकारी दिए ।

शक्ति समूह गत आइतबार कछार पुलिससहित सिल्चार पुगेको थियो र सोमबार बेलुकी अभियान चलाएको थियो ।

नेपाली चेलीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने नेपाली महिला लक्ष्मी तामाङ पनि पक्राउ परेकी छिन् ।

यसबारे दूतावासमा जानकारी गराइएको र मंगलबार सिल्चार अदालतमा पेश गराएपछि उनीहरुलाई नेपाल फिर्ता गरिनेछ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV