प्रधानमन्त्री ओलीविरुद्ध उत्तराखण्डका मुख्यमन्त्री रावतको अभिव्यक्ति


SHARES

काठमाडौं । नेपाली भूभाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई भारतीय नेताहरुले गलत तरिकाले व्याख्या गरेका छन् ।

नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे लगत्तै भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र रावतले कालापानीलाई आफ्नो भूभाग भएको दावी गरेका छन् ।

रावतले नेपाली भूभागलाई आफ्नो दावी गर्दै संवादका लागि आफ्नो देश तयार रहेको बताए । उनले नेपालको सांस्कृतिक पक्षमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीको आलोचना गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार नेपाली भूभागबाट आफ्ना सैनिक फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । नेपाली भूभाग कालापानीलाई आफ्नो नक्सामा समेटेर भारतले अतिक्रमणकारी पहिचानलाई उजागर गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV