आमिर खानले यसरी गरे आयुष्मानको तारिफ


SHARES

एजेन्सी । बलिउड स्टार आमिर खान आफ्नै अलग्गै पहिचानका कारण चर्चित छन् ।

उनका चलचित्रले बलिउड बक्स अफिसमा धमाका मच्चाउने गर्छ । उनले हत्तपत्त फिल्म खेल्दैनन् । बर्षमा एउटा अथवा दुई बर्षमा एउटा फिल्ममा आमिरले अभिनय गर्ने गर्छन् । गहन अध्यन र फिल्म छनोटमा उनी धेरै सचेत छन् ।

यसैकारण बलिउडमा आमिरलाई बलिउडको मिस्टर परफेक्शनिस्ट भनेर पनि चिनिन्छ ।

अभिनयमा माझिएका आमिर अन्य कलाकार तथा नवकलाकारको राम्रो कामको प्रशंसा गर्न हिच्किचाउँदैनन् ।

यसैबीच आमिर खानले एक अन्तर्वार्तामा बलिउडका एक कलाकारको कामको निकै तारिफ गरेका छन् । आमिरले बलिउड अभिनेता आयुष्मान खुरानाको कामको तारिफ गरेका हुन् ।

आमिरले भनेका छन्, 'जब म मेरा कलाकार साथीहरुले राम्रा काम गर्छन् तब म एकदमै खुशी हुन्छु । आयुष्मानले हिजो आज कमालका काम गरिरहेका छन् । उनका फिल्म दर्शकको रुपमा हेर्न मलाई मन लाग्छ ।' आमिरले भनेका छन्, 'हरेक फिल्म आफैंमा अलग अलग प्रकृति र विषयका हुन्छन् त्यसैले कसेलाई कसैसँग डराउनुपर्ने अवस्था छैन ।'

आमिर खान अभिनित फिल्म लाल सिंह चढ्ढा रिलिजको तयारीमा छ । उक्त फिल्मको फर्स्ट लुक समेत सार्वजनिक गरिएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV