लुम्बिनी जनरल इन्स्योरेन्सको सिइओमा पुनः नूरप्रकाश « Nagarik Khabar

लुम्बिनी जनरल इन्स्योरेन्सको सिइओमा पुनः नूरप्रकाश



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा नूरप्रकाश प्रधानलाई निरन्तरता दिएको छ । चार वर्षअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका प्रधानलाई कम्पनीले पुनः कार्यकाल थपेको हो ।

बीमा क्षेत्रमा उनको चार दशकको लामो कार्यानुभव रहेको कम्पनीले जनाएको छ । नेशनल इन्स्योरेन्स कम्पनीबाट बिमा क्षेत्रमा करिअर सुरु गरेका प्रधानले नेशनल लाइफ इस्स्योरेन्समा कम्पनी औपचारिकरूपमा स्थापना अघिदेखि नै काम गरेका थिए ।

उनले त्यहाँ २६ वर्ष कामको जारी विज्ञप्तीमा उल्लेख छ । नेशनल लाइफपछि एनएलजीमा पुगेका उनी चार वर्षअघि लुम्बिनीमा सीइओ भएर भित्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: