'जसलाई हामीले मुक्त गर्यौं उसले नै डस्न थाल्यो' (भिडियो)

सीमा सवाल


SHARES

काठमाडौं । भारतले कालापानी क्षेत्र मात्र नभई नेपालका अन्य भूभाग पनि आफ्नो नयाँ नक्सामा समावेश गरेको विज्ञहरुले दाबी गरेका छन् ।

भारतले लिम्पियधुरादेखि लिपुलेकसम्मको भूभाग अर्थात पूर्वको तिम्ब पोखरीदेखि पश्चिमको कालापानी सम्म सीमा अतिक्रमण गरेको विज्ञहरुले बताएका छन् ।

सीमाअतिक्रमणको विषयमा सीमाविद् साध्यबहादुर भण्डारीको भनाइ यस्तो छः

भिडियो हेर्नुहोस्ः

विस्तारवाद

सुस्ता अन्तु डाँड सन्दकपुर माने भन्ज्याङ टिम्बा पोखरी झापाको महेशपुर तिलाठी लगायत मिचिएका सबै क्षेत्र भारतको नक्सामा समावेश छ । भारतले नेपालको सीमा अतिक्रमण गर्ने चेष्टलाई मुर्तरुप दिएको छ ।

नाङ्गोपन

भारत अहिले चौतर्फी रुपमा नाङगिएको छ । दक्षिण पूर्वी एसियामा खुङखार क्रुरु नङग्र फिजाएर आफ्ना छिमेकीहरु माथि आक्रमण गरिरहेको छ । कुनै पनि छिमेकी मुलुक उसको साथमा छैन । नेपाल मात्र साथमा थियो । भारतले नेपाल चिर्ने काम गरेको छ । त्यसमा पानी छर्कन श्याम शरण नेपाल आएका हुन सक्छन् । अथवा यो समस्या सदाका लागि समधान गर्न पनि कुटनीतिक पहलका लागि पनि आएका हुन सक्छन् । त्यसैले यो समस्याको दिगो समाधानका लागि समय सीमा घोषणा गरेर जाँदा राम्रो हुन्छ । सेना हटाउने सन्देश नेपाललाई दिनुपर्छ । भारतले जबरजस्ती अतिक्रमण गरेको भूमि फिर्ता हुने आश्वसन दिनुपर्छ । सुगौली सन्धिमा भएको सम्झौता अनुसार हामी हाम्रो भूमि फिर्ता लिनुपर्छ । भारतले सहज रुपमा दिनुपर्छ । मतियारहरुलाई सक्रिय बनाउन श्याम शरणले नगरेकै राम्रो ।

सम्झौता

वर्तमान भारतसँग कुनै सीमा सम्झौता भएको छैन । वर्तमान भारत स्वतन्त्र गराउन मदत गरेका छौं । नेपालका तत्कालिन दिग्गज व्यक्तित्वहरु गएर भारत स्वतन्त्रताका लागि आफ्नो रगत र पसिना बगाएका थिए (बेलायती साम्रज्यवादबाट भारत स्वतन्त्र भयो) । जसलाई हामीले मुक्त गर्यो उसैले हामीलाई डस्न थाल्यो । हामी माथि नै झम्टिन आयो ।

प्रमाण

सबै प्रमाण हाम्रो पक्षमा छ । लिम्पियाधुराका नागरिकसँग भएका लालपुर्जा, नेपालमा मतदान गरेको जनगणनामा भाग लिएको साथै व्रिटिश भारतले निकालेको नक्साहरु हाम्रो पक्षमा छ । नागरिकमा निराशा र शंका पनि छ । त्यसैले सरकारले आन्तरिक छलफल गरी सुगौली सन्धि अनुसार सबै भूमि फिर्ता लिने निर्णय क्याविनेटबाट गर्नुपर्छ ।

कुन्दा भित्र नागरिक

भारतीत सेना हटाउन समयसीमा तोक्नुपर्छ । सेना हटे पछि मात्र कुटनीतिक वार्ता गर्दा उचित हुन्छ । अतिक्रमित क्षेत्रका नागरिकको छातीमा बन्दुक राखेर वार्ता गर्नु हुँदैन । अतिक्रमित क्षेत्रका नेपाली नागरिक बन्दुकको कुन्दा भित्र छन् । भारतीय नागरिकतका लागि दमन भइरहेको छ ।

९० लाख नागरिक भएको कश्मीरमा २५ लाख प्रहरीले दमन गरेर ३७० धारा हटाए । त्यहाँका कति नागरिक जेलमा छन् । त्यसबाट नेपालले समयमै पाठ सिक्नु पर्छ ।

सचेत

त्यसैले नेपाल सरकार बेलैमा सचेत हुन जरुरी छ । वर्तमान सरकार काविल (सक्षम) छ । पहिले सुन्ने सरकार तथा स्थिर थिएन । यो सरकारले पनि सुनेको थिएन । यद्यपि भारतले सीमा बारे सुन्ने स्थिति बनाई दियो । सरकारले गर्न सकेन भने नागरिकले नै गर्नुपर्छ । नेपाली भूमिबाट भारतीय सेना हटाउनुपर्छ । भारतले सार्वजनिक गरेको नयाँ नक्सा पनि बदर गर्नुपर्छ । नेपालले पनि आफ्नो वास्तविक नक्सा सार्वजनिक गर्नुपर्छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV