आफ्नै बाबुलाई रेपको आरोप, बाबु भन्छन्, 'सुरुमा छोरीले यस्तो गरिन्'


SHARES

एजेन्सी । सिंगापुरका सञ्चारमाध्यममा अहिले बाबु छोरीको अवैध सम्बन्धको विषय प्रमुख बनेको छ । बलात्कारको आरोप लागेका एक बाबुले अदालतमा नशामा आएकी छोरीले सुरुवात गरेको बयान दिएपछि यो विषयमा पक्ष विपक्षमा छलफल चलिरहेको छ ।

अदालतमा सोमबार सुनुवाइ भएको थियो । ५२ वर्षीय बाबुले २३ वर्षीया छोरीलाई तीन वर्ष पहिले बलात्कार गरेको आरोप लागेको थियो । बलात्कारको आरोप लागेका बाबुले अदालतमा छोरीले एक्लोपन महसुस गरेको र छोरीले नै शारीरिक सम्बन्ध कायम राख्न खोजेको बताए । उनले छोरीले नै धम्की दिएर आफूलाई बलात्कारका लागि बाध्य पारेको बताए ।

पुलिस रिपोर्टमा भने बाबुले छोरीलाई धम्की दिएर बलात्कार गरेको आरोप छ । शारीरिक सम्बन्ध बनाउने समयमा दुवैजना रक्सीले मातेका थिए । छोरीले शारीरिक सम्बन्ध बनाउन प्रयास गर्दा बाबुले अस्विकार नगरेको पनि खुलेको छ ।

छोरीको विवाह लगत्तै सम्बन्ध विच्छेद भएको थियो । त्यसैले गर्दा उनले आफ्नै बाबुसँग शारीरिक सम्बन्धका विषयमा खुलेरै कुराकानी गर्थिन् । त्यसैले बाबुलाई त्यस्तो काम गर्न बाध्य बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पीडित भनिएकी छोरीले पनि अदालतमा आफ्नो बाबुले कहिल्यै पनि आफ्नो चाहनालाई अस्वीकार नगरेको बताइन् । उनले पनि बाबुले आफूलाई कहिल्यै धम्की नदिएको अदालतमा बयान दिइन् । अहिलेसम्म अदालतले कुनै निर्णय गर्न सकेको छैन ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV