सरकारमाथि कांग्रेसको २१ आरोप « Nagarik Khabar

सरकारमाथि कांग्रेसको २१ आरोप



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ ।

कांग्रेसले सरकार गठन भएको २१ महिनाको अवधिमा सरकारले गरेको गलत कार्यको २१ बुँदामा आलोचना गरेको छ । उसले त्यसलाई ‘कम्युनिस्ट सरकारको असफलता’ को रुपमा उल्लेख गरेको छ ।

मंगलबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल रहेको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया खपतका लागि बोले पनि सीमा विवादबारे गर्नुपर्ने कूटनीतिक तथा राजनीतिक काम नगरेको उनले टिप्पणी गरे ।

यस्तै, संविधान संशोधन नगरेको, मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको, नागरिकलाई सुरक्षा दिन नसेकोलगायतको विषयलाई कांग्रेसले सरकारको असफलताको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: