सोल्टी होटलको सेयरधनीलाई २६ प्रतिशत लाभांश « Nagarik Khabar

सोल्टी होटलको सेयरधनीलाई २६ प्रतिशत लाभांश



काठमाडौं । सोल्टी होटलले आगामी पुस २७ गते ४५औँ वार्षिक साधारणसभा गर्ने भएको छ । होटलको उक्त साधारण सभाले २६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव गरेको छ ।

होटलले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

हाल होटलको चुक्ता पुँजी ७३ करोड २६ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पश्चात होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ पुग्ने छ ।
सभामा जाने प्रयोजनको लागि संस्थाले मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म एक महिना बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: