भारतविरुद्ध जर्मनीमा प्रदर्शन : नक्सा सच्याउन एनआरएनए अध्यक्ष पन्तको माग


SHARES

जर्मनी । नेपाली भू-भाग अतिक्रमण गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भारतविरुद्ध प्रदर्शन गरेको छ । दार्चुलामा पर्ने नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि संसारभर छरिएर रहेका नेपाली भारतविरुद्ध प्रदर्शनमा छन् ।

एनआरएनएको आन्दोलन अन्तरगत मंगलबार जर्मनीको फ्र्यांकफर्टमा भारतीय कदमविरुद्ध प्रदर्शन भयो । भारतविरोधी कार्यक्रमलाई गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्त लगायतले सम्बोधन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले नक्सा सच्याउन र नेपाली भूमिबाट आफ्ना सैनिक फिर्ता लैजान भारतसँग माग गरे ।

भारतविरुद्धको प्रदर्शनमा एनआरएनएसँगै विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए । एनआरएनएको आव्हानमा संसारभरका एनआरएनए एनसिसीले भारतीय दूतावास र नियोगमार्फत भारतीय कदमको विरोध गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV