दैनिक १ प्याकेट चुरोट खाने यी व्यक्ति, फोक्सो देखेर चिकित्सक पनि हैरान् « Nagarik Khabar

दैनिक १ प्याकेट चुरोट खाने यी व्यक्ति, फोक्सो देखेर चिकित्सक पनि हैरान्



एजेन्सी । धुमपान स्वास्थ्यका लागि हानिकारक हो । दैनिक एक प्याकेट चुरोट खाने व्यक्तिको जीवनका बारेमा अध्ययन गर्न चिनियाँ चिकित्सकको टोलीले मरेपछि फोक्सो निकालेर परीक्षण गरेका छन् ।

निरन्तर ३० वर्ष चुरोट पिउने ती व्यक्तिको फोक्सो मृत्यु पश्चात तत्काल नै निकालिएको थियो । चुरोटका कारण ती व्यक्तिको फोक्सो गुलाबी रंगबाट कालोरंगमा परिणत भैसकेको थियो ।

चिकित्सकले मृतकको फोक्सो देखेर धुमपानका कारण मानिसमा पर्ने असरका विषयमा गम्भीर बहस सुरु गरेका छन् । भित्रि तहको अध्ययनमा फोक्सोको अवस्था देखेर चिकित्सक हैरान भए ।

चिनियाँ चिकित्सकले जब ती व्यक्तिको फोक्सो बाहिर निकाले तब फोक्सो लामो समयदेखि आगोमाथि धैसिएको काठ जस्तै कालो थियो । भित्रि तहमा पनि कालो लेघ्रा जम्मा भएको पाइएको छ । यो भिडियो करोडौँ मानिसले हेरेका छन् । यो भिडियो सार्वजनिक जनचेतनाका लागि उपयोगी मानिएको छ ।

चीनको जियाङ्सुको वुशी पिपुल्स अस्पतालका चिकित्सकले ५२ वर्षीय ती व्यत्तिःको फोक्सोका डरलाग्दा तथ्य सार्वजनिक गरेका छन् । ती व्यक्तिले मृत्यु पश्चात अंगदान गरेका थिए । धुमपानका कारण उनको फोक्सो प्रत्यारोपण त परैको कुरा अन्य अंगमा समेत फोक्सोका कारण असर पुगेको पुष्टि भएको थियो ।

रोगीको मृत्युको कारण हेड इन्जुरी भनिएको थियो । त्यसको केही समय पश्चात उनको फोक्सो दान गरिएको थियो । अंगदानका लागि निकालिएको फोक्सो देखेर चिकित्स हैरान भए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: