पत्रकार भण्डारी एक घन्टाका लागि कारागार चलान !


SHARES

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घन्टाका लागि कारागार चलान भएका छन् ।

अदालतको अवहेलनाको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कंचलनपुरले जनाएको छ ।

निर्मला पन्त प्रकरणमा अदालतलाई प्रभावित पानेगरी समाचार लेखेको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

नेपाल बार एशोसिएसन कञ्चनपुरले दर्ता गरेको मुद्दामा अदालतले एक घन्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पत्रकार भण्डारीले आफूलाई पुनरावेदनको मौका नदिइएको भन्दै आपत्ति जनाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV