एन आई सी एशिया बैंकको सुपर चमत्कारिक खाता « Nagarik Khabar

एन आई सी एशिया बैंकको सुपर चमत्कारिक खाता



काठमाडौं । एन आई सी एशिया बैंकले सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ । विगत २२ वर्षदेखि ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले उक्त योजना सार्वजनिक गरेको हो । 

“सुपर चमत्कारिक मासिक निक्षेप खाता” यस बैंकमा खाता भएका इच्छुक सबै खातावाहकहरु तथा नयाँ खाता खोल्न चाहनेहरुले यस खाता खोली अधिकतम लाभ लिन सकिने बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ ।

यस निक्षेप योजनाबाट आम जनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सकिने विज्ञप्तीमा छ । यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम पाँच सय को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा एक सयको गुणन दरले पाँच सयभन्दा बढी रकम जम्मा गरी ९.७५ प्रतिशत व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यसरी ग्राहक महानुभावहरुले मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सकिने छ । मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने उक्त योजनामा छ । यस खातावाहकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ । साथै, निक्षेप योेजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न सकिने छ ।

यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिइरको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: