नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्छ : प्रचण्ड « Nagarik Khabar

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्छ : प्रचण्ड



नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने दाबी गरे ।

नेकपा पश्चिम नवलपरासीले मंगलबार परासीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेको छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।’

अध्यक्ष प्रचण्डले अबको दश वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था नभएको र अझै गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पुर्‍याउनुपर्ने हाम्रो दायित्व छ ।’

उनले पार्टीले अब प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्ता माझ आउने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: