इन्टेरियर डिजाइनिङको प्रभावकारिता बुझिदिन आग्रह « Nagarik Khabar

इन्टेरियर डिजाइनिङको प्रभावकारिता बुझिदिन आग्रह



काठमाडौं । इन्टेरियर डिजाइनर एसोशिएसन अफ नेपाल ९आइडिया नेपाल० ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।

इन्टेरियर डिजाइनरहरुको पेशागत हक अधिकारको रक्षा र सम्बद्र्धनको लागि भन्दै २०६० सालमा स्थापना भएको आइडियाले १६औं वर्ष पूरा गरेका छ ।

आइडियाले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा इन्टेरियरको ठूलो जमात देख्दा निकै खुशी लागेको बताए ।

विगतमा आफूले घर निर्माणमा इन्टेरियर डिजाइनरको प्रयोग नगर्दा दुई पटकसम्म भत्काउँदै बनाउँदै गर्नुपरेको अनुभव सुनाउँदै उनले कुनै पनि संरचना निर्माण गर्दा नक्सा कोर्दा देखिनै डिजाइनरलाई लिने हो भने सोचेभन्दा राम्रो संरचना बन्ने दाबी गरे ।

आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपति प्रधानले नेपालमा इन्टेरियर डिजाइनरहरुको समुचित विकास र प्रवद्र्धनका लागि पहल गरेको बताइन् ।

इन्टेरियर डिजाइनिङ पेशाको महत्व र प्रभाववारे जानकारी गराउँदै उनले हरेक व्यक्ति, घर, समाज अनि राज्यले पेशाको प्रभावकारितालाई बुझिदिन आग्रह गरिन् ।

उनले आर्थिक अवस्था र जनशक्ति मुख्य चुनौतिका रुपमा देखिएकाले यसको समुचित विकासमाराज्यको ध्यान जाओस भन्दै राष्ट्र निर्माणमा डिजाइनरहरुको महत्वपूण भूमिका हुने भएकाले सहभागिताको माग गरिन् ।

त्यसैगरी, कार्यक्रममा आइडियाकी संस्थापक अध्यक्ष प्रा।डा। मथुरा कार्कीले १६ वर्ष अघिको अवस्था र अहिलेको अवस्थामा आएको परिवर्तन स्मरण गरिन् । उनले अहिले थुप्रै अवसर भएकाले इन्टेरियर डिजाइनको विषय छनौट गरी राम्रोसँग अध्ययन गर्न नयाँ पुस्तालाई आग्रह गरिन् ।

कार्यक्रममा आइडियाका महासचिव श्यामबहादुर श्रेष्ठले आफू र आफ्नो पेशाबारे परिचय दिँदै हिँड्नुपर्ने अवस्थाबाट व्यवसायिकतामा फड्को मारिएको स्मरण गरे । उनले त्यो अवस्थाबाट उठेरअहिले निकै ठूलो परिवर्तन भएको दाबी गर्दै राज्यका उच्च निकायले यो पेशालाई स्थान दिएर देश निर्माणमा इन्टेरियरलाई पनि सहभागि गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: