सूचनाको पहुँच स्थापित गर्छु : प्रधानमन्त्रीका सल्लाहकार थापा « Nagarik Khabar

सूचनाको पहुँच स्थापित गर्छु : प्रधानमन्त्रीका सल्लाहकार थापा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले सञ्चार क्षेत्रलाई गुनासो गर्ने ठाउँ नदिने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार पदबहालीसँगै सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै थापाले सूचनामा सबैको पहुँच पुर्याउने र सही सुचनाबाट कसैलाई बञ्चित हुन नदिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयको समाचारको बिषयमा आफूले २४ सै घन्टा रेस्पोन्स गर्ने प्रतिवद्धता जनाउँदै थापाले पछिल्लो समयमा नेपाली मिडियामा छाएको र्यूमर, फेकन्यूज र पेडन्यूजको बिषयमा चिन्ता व्यक्त गरे ।

थापा प्रेस सल्लाहकार नियुक्त भएसँगै कार्यालयसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सारिएको छ । तात्कालिन प्रेस सल्लाहकार डा। कुन्दन अर्यालको पालामा उर्जा मन्त्रालयको भुई तलामा कार्यालय थियो ।

पदबहालीको क्रममा थापाले प्रधानमन्त्री ओलीको एउटा सहयोगीको रुपमा आफूले काम गर्ने र सरकार तथा प्रधानमन्त्रीले अघि बढाएको समृद्ध नेपाल, सुखी नेपालीको योजनामा भएका उपलब्धीलाई जस्ताको तस्तै मिडियामा उपलब्ध गराउने बताए ।

थापा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालको पालामा पहिलो पटक प्रेस सल्लाहकार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: