नक्कली कागजात बनाएर करोडौं कर छली गर्ने सात कम्पनी विरुद्ध मुद्दा « Nagarik Khabar

नक्कली कागजात बनाएर करोडौं कर छली गर्ने सात कम्पनी विरुद्ध मुद्दा



काठमाडौं । देशव्यापी रुपमा कर सप्ताह दिवस मनाइ रहदा राजस्व अनुसन्धान विभागले सात कम्पनी बिरुद्ध राजस्व चुहावट अभियोगमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले काठमाडौं महानगरपालिका वडा न.३२ मा सञ्चालित ग्रीन टोवागो कम्पनी प्राली सञ्चालक प्रभुराम श्रेष्ठ, गोल्डन टोवागो इन्डष्ट्रिज, आरटस स्टारका मुकेश अग्रवाल,सफिन एण्ड ब्रदर्स इन्टरप्राइजेजका सरोज केसी , अभिनव सुर्ती उद्योगका सुस्मा गोयन्का, सहयोगी सुर्ती उद्योगका दिनेश बसुकला र ओम साईसुर्ती उघोगकी जानुका कार्की बिरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरु उपर १० करोड १५ लाख विगो दोब्बर जरीवाना सहित ३ बर्ष कैद सजाएको माग गरी अदालतमा मुद्दा दर्ता गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरुले सुर्तीजन्य बस्तुको कारोबार गर्दा बिलविजक अभिलेख नराखेको तथा कर छलीको लागी नक्कली कागजातहरु बनाएको भेटीएका छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: