जहदाका वडाध्यक्ष घुससहित पक्राउ

SHARES
मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष उमेशकुमार साहलाई २१ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै साहले २१ हजार रुपैयाँ घुस मागेको अभियोग छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नम्बर १ को बुधनगरस्थित कार्यालयबाट उनलाई मंगलबार पक्राउ गरिएको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
SHARES

mode_editप्रतिक्रिया
यो पनि पढौँ