सुरक्षा मध्यनजर गर्दै गलकोटमा सिसी क्यामेरा


SHARES

थम्मन थापा

बागलुङ । आजकल सुरक्षाको विषय निकै चुनौतीपूर्ण बन्दै गईरहेको छ । चोरी, डकैती, घटना, दुर्घटना तथा अन्य अपराधिक कृयाकलापहरुलाई न्यूनिकरण गरी सभ्य समाज निर्माण गर्न सिसिटिभी क्यामेरा महत्वपुर्ण माध्यम बनेको छ ।

अहिले बागलुङ सदरमुकाम र गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटमा सिसिटिभी क्यामेरा जडित छन् र निगरानी गरिरहेका छन् ।

सदरमुकाम बाहिर जिल्लामै पहिलो पटक पुरानो सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले सार्वजनिक स्थल मल्म सप्ताहघाटमा गत वर्ष ९ वटा सिसिटिभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको थियो ।

त्यस्तै गलकोटको मुख्य बजार हटियामा सिसि टिभि जडान गरिएको छ । गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिसिटिभी क्यामरा जडान गरिएको हो ।

गलकोट नगरपालिका वडा नं ३ को कार्यालय र उधोग वाणिज्य संघ गलकोट ईकाईको पहलमा हटिया बजारको जिप पार्क, लोकतन्त्र चोक, बि।एन।बि चोक, बिच बजार, वडा कार्यालय परिसर लगायतका क्षेत्रमा सिसिटिभी जडान गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए ।

हटिया बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनका लागि दुई लाखको लागतमा अहिले ६ वटा सिसिटिभी जडान गरी सञ्चालनमा ल्याईएको छ ।

केही दिनपछि थप १० वटा सिसिटिभी जडान गरिने उद्योग वाणिज्य संघ गलकोटका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गलकोटको मुख्य बजार भनेर चिनिने हटिया व्यस्त बजार भएकोले पनि हटिया बजारको जिपपार्क क्षेत्रमा सवारी दुर्घटना समेत बढ्दै गईरहेको बेला हटिया बजारमा सिसिटिभी जडान गरिनु आफैमा सुखद विषय रहेको स्थानीयको भनाई छ ।

पछिल्लो समय गलकोटमा रातको समयमा अपराधिक गतिविधि बढ्दै गईरहेको बेला यसलाई न्यूनिकरण गर्न समेत सिसिटिभी जडान गरिसकेपछि सहज हुने प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी क्षेत्रीले बताए ।

सिसिटिभी जडान गरिसकेपछि गलकोटको हटिया बजार क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरण गर्न, बजार क्षेत्रमा अपारधिक गतिविधि न्यूनिकरण गर्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउनमा सहयोग पुग्ने वडा सदस्य झहर बहादुर खत्रीले बताए।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV