रिहा भएलगत्तै पत्रकार भण्डारील दिए यस्तो चेतावनी


SHARES

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा अदालतलाई प्रभावित पानेगरी समाचार लेखेको भन्दै पक्राउ परेका खेम भण्डारी रिहा हुनासाथ चेतावनी दिएका छन् ।

भण्डारी एक घन्टाका लागि मंगलबार कारागार चलान भएका थिए । अदालतको अवहेलनाको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर कारागार चलान गरिएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसैबीच, पत्रकार भण्डारीले रिहा भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै भण्डारीले अदालतले आफ्नो पुनरावदेन गर्न पाउने अधिकारलाई भने अपहरण गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘यसबाट निर्मला हत्या प्रकरणमा अदालतभित्रैका केही काला कर्तुतेहरुको मिलेमत्तोको गन्ध आएको छ । अब न्यायालयलाई कलंकित गर्नेहरुविरुद्ध लड्ने बाटो खुलेको छ ।’

पत्रकार भण्डारीले कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए ।

यस्तो छ उनको स्टाटस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV