प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, ‘तपाईंहरु मध्ये कतिपयको आजको क्याबिनेट अन्तिम’ « Nagarik Khabar

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, ‘तपाईंहरु मध्ये कतिपयको आजको क्याबिनेट अन्तिम’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् । मन्त्रिपरिषद् बैठकमा मंगलबार ओलीले कतिपय मन्त्रीको कार्यकाल भोलि नै सकिने संकेत गरे ।

मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन आंशिक हुने जानकारी दिए । एक मन्त्रीले भने, ‘उहाँले आजको बैठकमा भोलि मन्त्रिपरिषद् पुनर्गठन हुने कुरा राख्नु भयो । भित्र र बाहिरबाट मन्त्रिपरिषद् पुनर्गठनको दबाब रहेको पनि बताउनु भयो ।’

प्रधानमन्त्री ओलीले भोलि बिहान नेकपाको सचिवालय बैठकपछि मन्त्रिपरिषद् पुनर्गठन हुने र भोलि नै नयाँ मन्त्रीको सपथ हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: