घरायसी प्रदूषण दमको मुख्य कारक, यसरी बच्नुस् दमबाट


SHARES

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ ।

चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताए ।

उनले प्रदूषणले उपत्यकामा दमरोग बिरामीको संख्यामा वृद्धि हँुदै गएको बताएको समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन् ।

उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बालअस्पताल लगायतका अस्पतालहरूमा दमका बिरामीको संख्या बढ्दै गएको छ ।

सहरी क्षेत्रका १५ प्रतिशत जनसंख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै उनले काठमाडौंका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको बताए ।

पङ्गेनीका अनुसार वातावरणीय प्रदूषण, धुवाँ धुलो, चिसो मौसममा दमका बिरामी बढ्छन् । पहिले जाडो मौसममा मात्र दमका रोगी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय १२ महिना दमका रोगी अस्पताल आउने गरेका छन् ।

उनले प्रदूषण, धुवाँ, धुलो, घरभित्रको धुवाँ–धुलो, गाडीबाट निस्कने धुवाँले समेत दम रोगका बिरामी बढेको जानकारी दिँदै दमबाट बच्न प्रदूषणबाट बच्नुपर्ने सुझाव दिए ।

पङ्गेनीले मिल, मैदा, कलकारखाना, उद्योग, धुलो र धुवाँमा काम गर्ने मानिसमा पनि दमको समस्या देखिनसक्ने जानकारी दिए । चुरोट खानेलाई मात्र होइन, मन्दिरमा रहेका पुजारी, घरमा धूप बालेर पूजा गर्ने महिलामा समेत दमरोग देखापर्ने भन्दै सतर्क रहन सुझाव दिए ।

एक प्याकेट धूपबाट निस्कने धुवाँ एक सय खिल्ली चुरोटभन्दा बढी हानिकारक हुने जानकारी दिँदै उनले निरन्तर चुरोट खाने व्यक्तिलाई कालान्तारमा दमको समस्या हुने गरेको जानकारी दिए ।

हिमाली प्रदेशमा दाउरा र गुइँठाले खाना पकाउने गरेका भन्दै त्यस क्षेत्रका मानिसमध्ये ४० प्रतिशतलाई दमको समस्या देखा पर्ने गरेको बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV