रुद्री लाउन गएका पुजरी दलितको घर भन्ने थाहा पाएपछि ठोके कुलेलम


SHARES

काठमाडौं । कपिलवस्तुस्थित शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् ।

चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजा लगायत कर्मका लागि निम्त्याइएका पूजारीहरु भीमप्रसाद आचार्य र गोविन्द भट्टराई उक्त घरका घरमालिक दलित भएको थाहा पाएपछि पूजा स्थलबाट ‘एकै छिनमा आउने’ बाहाना बनाएर भागेका हुन् ।

पूजाका लागि घर मालिक मिलन विश्वकर्माले घर चिटिक्क पारेका थिए । आगनमा फूलमाला र पताकाले सिंगारिएको पूजा मण्डप बनाइएको थियो । पूजाका लागि आफन्तजन, ईष्टमित्र बिहानैबाट जुट्दै थिए ।

तर करिब १० बजे पूजा सुरु गर्न लागेपछि मिलन दलित भएको थाहा पाएपछि पूजारीहरु भागेको स्थानीयले बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोपाल भण्डारीले कपिलवस्तुबाट लेखेका छन् ।

पूजा गर्न आएका पूजारी मण्डपबाट भागेपछि पूजाको कार्यक्रम एक घण्टा रोकिएको थियो । पूर्व निर्धारित निमन्त्रणा गरिएका पूजारीहरुल भीमप्रसाद र गोविन्द भागेपछि अर्को पूजारी बोलाइ पूजा कार्य अघि बढाइएको थियो ।

दलित भएकै कारण आफूहरुमाथि पूजारीबाट भएको यो हर्कतले निकै दुखी भएको मिलनले प्रतिक्रिया दिए । ‘जातीय छुवाछुतको आधारमा ममाथि भएको यस्तो घटना विरुद्धमा म कानुनी उपचारका लागि अघि बढ्छु,’ उनले भने ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV