झन् बढ्यो तरकारीको भाउ, सर्वसाधारणको विकल्प गेडागुडी


SHARES

काठमाडौं । दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हँुदै गएको छ । राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो ।

जसले गर्दा सर्वसाधारण उपभोक्ताले तरकारी कम उपभोग गर्ने मात्रै होइन तरकारी विकल्पमा गेडागुडी बढी उपभोग गर्न थालेका छन् ।

कलङ्कीमा भाडा लिएर परिवारसहित बस्दै आएकी भगवती घिमिरेको भान्सामा गएको असोजदेखि हरियो तरकारी कम पाक्न थालेको छ । उनले भनिन्, ‘पहिले दुईथरि तरकारी, दाल र एउटा अचार अनिवार्य हुन्थ्यो अब चाडपर्वका दिनबाहेक अन्य दिन एउटै तरकारीले टार्ने गरेकी छु, यति गर्दा पनि सय रुपियाँको तरकारीले पाँचजनाको परिवारको छाक टार्न मुस्किल छ ।’

अहिले काउली, बन्दा, मूला र सागको त सिजन हो तर त्यो छोइसाध्ये नै छैन के गर्ने ? यस्तै हुने हो भने त भाडामा बस्ने र सर्वसाधारण गरिबलाई त भान्सा चलाउनै समस्या भएको उनले बताइन् ।

अहिले इस्कुस केजीको ४०÷४५ रुपियाँ, मूला प्रतिकेजी ६० रुपियाँमा पाइन्छ तीबाहेक अन्य कुनै पनि तरकारी सय रुपियाँ कम मूल्यमा पाइँदैन, सामान्य कमाई हुनेले काठमाडौँमा कसरी बाँच्ने कालीमाटीमा तरकारी किन्दै गरेका देवेन्द्र अधिकारीले भने ।

आजको गोरखापत्र दैनिकमा सीता शर्माले यो समाचार लेखेकी छिन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV