चैत १५ बाट युरो–६ पेट्रोल बिक्री हुने


SHARES

काठमाडौं । नेपालमा आगामी चैत्रदेखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री गरिने भएको छ ।

चैत १५ देखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ ल्याइने नेपाल आयल निगमले जनाएको छ । भारतमा आगामी अप्रिल (चैत) देखि युरो–६ लागू हुने भएपछि नेपालमा पनि स्वाभाविक रूपमा लागू हुनेछ ।

भारतबाट युरो–४ विस्थापित भएपछि नेपालले युरो–४ खरिद गर्न नसक्ने निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल कर्पोरेसनले अप्रिल फस्टबाट युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ पठाउने तयारी थालेको छ ।

निगमले नेपालमा उच्च गुणस्तरको युरो–६ पेट्रोल आयात गर्न खुला गरिसकेको छ । हालसम्म युरो–४ बिक्री गर्दै आएको निगमले ठूला ग्राहक (बल्क कस्टमर)का लागि युरो–६ पेट्रोल ल्याउन खुल्ला गरेको हो । प्रवक्ता गोइत भन्छन्, ‘आगामी चैतदेखि सबैका लागि बिक्री गरिने छ ।’

सेवाग्राहीले उच्च गुणस्तरको पेट्रोल ल्याउन चाहेमा हाल ल्याउन सक्ने गोइतले जानकारी दिए । युरो–६ मापदण्डको पेट्रोलको माग आइरहेको छ ।

निगमका अनुसार युरो–६ पेट्रोलले गाडीको इन्जिन क्षमता बढाउनुका साथै वातावरण प्रदूषणसमेत कम हुनेछ । पेट्रोलमा सल्फरको मात्रा १० पीपीएम मात्रै हुन्छ । अहिले बिक्री भइरहेको पेट्रोलमा ५० पीपीएम मिसिने प्रवक्ता गोइतको भनाइ छ ।

आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV