आलम प्रकरणको निर्णय पार्टीले होइन कानुनले गर्ने हो : कांग्रेस


SHARES

काठमाडौं । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोपमा पक्राउ परेका सांसद मोहमद अफ्ताब आलम पक्राउ प्रकरणमा कांग्रेसले कानुनबमोजिम नै हुने बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले आलम प्रकरणमा पार्टीले नभई कानुनले निर्णय गर्ने भनेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस सधैं कानुनको पालनमा प्रतिबद्ध रहेको र आलम प्रकरणका विषयमा समेत कानुनले भने अनुसार नै हुने बताए ।

‘हामीले भन्दै आएका छौं, कानुनबमोजिम हुने कुरालाई सहयोग र समर्थन रहन्छ, चाहे कोही सांसद फौजदारी मुद्दामा पर्दा निलम्बन होस, यस्ता विषयमा कानुनले निर्णय गर्छ,’ पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने ।

अदालतले दोषी ठहर गरेर जेल चलान भए ६ वर्षसम्म निर्वाचन लड्न नपाउने कानुन पनि आफ्नै अग्रसरतामा निर्माण भएको दाबी कांग्रेसले गरेको छ ।

आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV