ग्रिन टोबाकोविरुद्ध १० करोड १५ लाखको मुद्दा


SHARES

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली बिजक प्रयोग गरी १० करोड १५ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा काठमाडौंस्थित ग्रिन टोबाको कम्पनी प्रालिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

दोलखा घर भई हाल काठमाडौं बस्दै आएका सो प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठलाई विपक्षी बनाई सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यसैगरी, विभागले श्रेष्ठसँगै सफिन एन्ड ब्रदर्स इन्टरप्राइजेजका प्रोपाइटर सरोज केसी, आरएस स्टोरका प्रोपाइटर मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगकी प्रोपाइटर सुष्मा गोयन्कालाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको जनाएको छ ।

यसैगरी, गोल्डन टोबाको इन्डस्ट्रिजका सञ्चालक र सहयोग सुर्ती उद्योगका प्रोपाइटर दीनेश बसुकला तथा ओम साई सुर्ती उद्योगकी प्रोपाइटर जानुका कार्कीलाई प्रचलित कानुनबमोजिम अन्तःशुल्क स्टिकर नलगाई सुर्तीजन्य वस्तु बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको विभागले जनाएको छ ।

आजको राजधानी दैनिकले यो समाचार प्रकाशित गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV