कहीँ नभएको लापरबाही त्रिवि सेवा आयोगमा, एक विषयको परीक्षामा अर्कैको प्रश्न


SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कम्प्युटर विज्ञानको परीक्षामा गम्भीर लापरबाही गरेको पाइएको छ ।

आयोगले सोमबार लिएको कम्प्युटर विज्ञानको परीक्षामा कम्युनिकेसन इन्जिनियरिङसँग सम्बन्धित प्रश्न सोधिएको पाइएको हो ।

आयोगले लिएको परीक्षामा अधिकांश प्रश्न कम्युनिकेसन इन्जिनियरिङ विषयसँग सम्बन्धित सोधिएको थियो ।

कम्प्युटर विज्ञानका मुख्य विषयबाट सोध्नुपर्नेमा आयोगले कम्युनिकेसन इन्जिनियरिङका मुख्य विषयबाट सोधिएपछि विद्यार्थीहरूले परीक्षा बहिष्कार गरेका थिए ।

केही प्रश्न इन्टरनेटमा पहिले नै प्रकाशित भएका समेत हुबहु राखिएको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

आयोगले सो परीक्षा कम्प्युटर विज्ञानको उपप्राध्यापक पदको पदपूर्तिका लागि लिएको हो । आयोगले २०७५÷७६ मा दरखास्त आह्वान गरेको थियो । तर, कम्प्युटर विज्ञानसँग सम्बन्धित प्रश्न नसोधिएको देखिएपछि प्रशिक्षार्थीहरू दोस्रो पत्रको परीक्षा बहिष्कार गरेका हुन् ।

उनीहरूले विज्ञापन रद्द गरी पुनःपरीक्षा गर्न माग गरेका छन् । विरोधस्वरूप विद्यार्थीले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागमा तालाबन्दीसमेत गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV