श्रीलंकाली राष्ट्रपति नेपाल आउन इच्छुक


SHARES

काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटाबय राजापाक्षेले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट हुने बताएका छन् ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग श्रीलंकनको मनमस्तिष्क जोडिएकाले छिट्टै प्रम ओलीसँग भेट हुने उनको भनाइ छ ।

राष्ट्रपति निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत बधाई दिएका थिए । त्यसको जवाफ दिँदै गोटाबयले नेपालबारे यस्तो प्रतिक्रिया जनाएका हुन् ।

साथै उनले निस्क्रिय अवस्थामा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउनेमा जोड दिएका छन् । ‘सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।’ प्रम ओलीलाई रिट्विट गर्दै गोटाबयले भनेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV