नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा निर्णय हुनसक्ने « Nagarik Khabar

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा निर्णय हुनसक्ने



काठमाडौं । आज (बुधबार) विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्न लागेको छ । आज बस्ने सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुनेछ ।

अहिले विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भेटवार्ता हुन लागेकाे हाे । साे बैठकमा मन्त्रिमण्डलको पुनर्गठनका सम्बन्धमा महत्वपूर्ण निर्णय गर्नसक्ने सचिवालय स्रोतले बताएको छ ।

मन्त्रिमण्डल पुनर्गठनको सम्बन्धमा भने दिउँसो १२ बजे बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ । त्यसअघि दुई अध्यक्षले आन्तरिक गृहकार्यका लागि भेट गर्न लागेका हुन् ।

सत्तारुढ नेकपाले सचिवालयमार्फत नै सबै महत्वपूर्ण विषयहरु टुंग्याउँदै आएको छ । पार्टीको स्थायी समिति र केन्द्रीय समतिहरुको बैठक नियमित नबसेकाले पार्टी सञ्चालनमा सचिवालकै मुख्य भूमिका देखिएको छ ।

त्यसैले पनि बुधबार बस्ने सचिवालय बैठकलाई मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा महत्वका साथ हेरिएको छ । मंगलबार (हिजो)को मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आफूले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको र केही हेरफेर हुनसक्ने बताएका थिए । सोही सन्दर्भमा बस्न लागेको सचिवालयले यससम्बन्धी निर्णय गर्ने बताइएको छ ।

नेकपाका कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: