चार वर्षमा २४ हजार नौ सय पटक डायलासिस « Nagarik Khabar

चार वर्षमा २४ हजार नौ सय पटक डायलासिस



दमौली । तनहुँको दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न मन्जु डायलासिस केन्द्रले मङ्गलबारबाट चार वर्ष पूरा गरेको छ । विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो ।

केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलासिस सेवा लिएका छन् ।

केन्द्रमा नियमित डायलासिस गराउने मिर्गौलापीडितको संख्या भने ७२ रहेको छ ।

केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलासिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्कीका मिर्गौलापीडितले केन्द्रबाट नियमितरूपमा डायलासिस सेवा लिइरहेका पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार हप्तामा दुईपटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६६ र हप्तामा तीनपटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: