कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश « Nagarik Khabar

कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश



कञ्चनपुर । कञ्चनपुरस्थित नेपाली कांग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरीका व्यापारी एवं बेलौरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष साउदले नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको बताए ।

साउदलाई नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मङ्गलबार साँझ टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: