२० हजार लिटर डिजेलसहित हराईरहेको ट्यांकर धनुषमा रित्तै भेटियो « Nagarik Khabar

२० हजार लिटर डिजेलसहित हराईरहेको ट्यांकर धनुषमा रित्तै भेटियो



काठमाडौं । करिब साढे १९ लाख मूल्य बराबरको २० हजार लिटर डिजेलसहित दुई दिनदेखि हराईरहेको ट्यांकर धनुषामा रित्तै भेटिएको छ । धनुषाको सपहीमा उक्त ट्यांकर भेटिए पनि त्यसमा डिजेल थिएन ।

धनुषा प्रहरीले दिएको जानकारी अनुसार धनुषाको थिरेश्वरनाथ नगरपालिका–१ स्थित राजदेवी मन्दिरको छेउमा पार्किङ गरिराखेको अवस्थामा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धुनषाले उक्त ट्यांकर भेटिएको हो ।

ना ४ ख ४१६३ नम्बरको उक्त ट्यांकर अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ जाँदै गर्दा सोमबार राति ११ बजेतिर सिराहाको लाहानबाट गायब भएको थियो । ट्यांकर गायब भएपछि त्यसका चालक मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: