पुनर्गठनको चर्चासँगै मन्त्रीहरु गएनन् मन्त्रालय « Nagarik Khabar

पुनर्गठनको चर्चासँगै मन्त्रीहरु गएनन् मन्त्रालय



काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने जानकारी दिएका थिए ।

‘मन्त्रिमण्डल पुनर्गठन गर्दैछु,’ मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘केही नयाँ साथी आउनुहुनेछ, कोही दोहोरिनु हुनेछ ।’

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठकमै मन्त्रिमण्डल हेरफेर गर्ने बताएपछि बुधबार मन्त्रीहरु मन्त्रालय गएका छैनन् ।

त्यसअघि मन्त्रीहरुले प्रधानमन्त्रीलाई मन्त्रिमण्डल पुनर्गठनबारे जिज्ञासा राखेका थिए । लामो समयदेखि चलेको पुनर्गठनको हल्लाले आफूहरुलाई नैतिक दबाब भएको उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: