ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा गाउँनै अन्धकारमा « Nagarik Khabar

ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा गाउँनै अन्धकारमा



जाजरकोट । ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा बारेकोट गाउँपालिका–६ का पाँचसय घरधुरी अन्धकारमा परेका छन । विद्युत उत्पादन गृहमा रहेको डाइनमो गएको २०७५ साल माघ २ गते बिग्रिएपछि बारेकोट गाउँपालिका–६ का स्थानीयवासी अन्धकारमा परेका हुन ।

आस्था नेपालको रु दुई करोड २२ लाखको अनुदान सहयोग र बारेकोट गाउँपालिकाको रु ३५ लाख सहयोगमा निर्माण भएको ढोरेनी जलविद्युत् आयोजना गत माघदेखि अवरुद्ध भएको स्थानीयवासी दलबहादुर विकले जानकारी दिए । विद्युत् निर्माण भएको तीन÷चार वर्ष बितिसक्दासमेत त्यस आयोजनामा काम गरेका मजदूरले ज्याला पाउन सकेका छैनन् । आफूले काम गरेको वषौं बितिसक्दा पनि काम गरेको रु ६० हजार अहिलेसम्म पनि नपाएको नलगाड नगरपालिका–६ गर्छिनका अर्जुन विकले बताए ।

अर्जुन मात्रै हैन बारेकोट गाउँपालिका–६ ताँसीकी तारा विकको रु ८० हजार, जुम्ला गुठिचौर गाउँपालिकाका खड्क बस्नेत, बारेकोट गाउँपालिका–६ का बमबहादुर विक, देवराज विक, अप्सरा विकको समेत काम गरेको रु ५० हजार बढी भुक्तानी पाउनै बाँकी रहेको बताएका छन् ।

‘विद्युत् पनि बल्दैन, पैसा पनि पाएका छैन, हामीलाई समस्या भएको छ”, बारेकाट गाउँपालिका–६ का दलबहादुर नेपाली भन्छन् । उनको पनि आयोजनाको काम गरेको रु ६० हजार लिन बाँकी छ ।

उता आयोजनाका अध्यक्ष महेन्द्रबहादुर चलाउनेले विद्युत् मर्मतको काम छिट्टै अगाडि बढ्ने र मजदूरले पनि काम गरेको रकम पाउने बताउँछन् । विद्युत्को सामान सजिलै नपाउने र मर्मतको लागि बुटवल नै पठाउनुपर्ने समस्याले गर्दा हालसम्म पनि समस्या भएको आयोजनाका सचिव कमलदीप महतारको भनाइ छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: