अफगनिस्तानमा हेलिकोप्टर दुर्घटना, २ अमेरिकी सैनिकको मृत्यु : आफूले गिराएको तालिवानको दाबी « Nagarik Khabar

अफगनिस्तानमा हेलिकोप्टर दुर्घटना, २ अमेरिकी सैनिकको मृत्यु : आफूले गिराएको तालिवानको दाबी



एजेन्सी । आफगानिस्तानमा एक हेलिकोप्टर क्र्यास हुँदा दुईजना अमेरिकी सैनिकमो मृत्यु भएको छ । अमेरिकी सेनाले बुधबार दुर्घटना भएको जानकारी दिएको हो ।

उता तालिवानले भने आफूहरुले उक्त हेलिकोप्टरलाई गिराएको दाबी गरेको छ ।

अफगानिस्तानस्थित अमेरिकी सैन्य फोर्सले दुर्घटनाका सम्बन्धमा जाँच गरिरहेको जनाएको छ । यद्यपी प्रारम्भिक रिपोर्टमा भने यो दुर्घटना आक्रमणका कारण भएको संकेत नमिलेको सेनाले जनाएको छ ।

दुर्घटना कहाँ भएको थियो भन्ने सम्बन्धमा सेनाले खुलाएको छैन । तर तालिवानले भने राति १ बजे लोगार प्रान्तको चरख जिल्लामा उक्त हेलिकोप्टरलाई आफूहरुले गिराएको दाबी गरेको छ ।

तालिवानका मुख्य प्रवक्तालाई उद्धृत गर्दै एजेन्सीहरुले लेखेका छन्, अमेरिकी सैनिकले मुजाहिद्दिन इलाकामा आक्रमण गर्न चाहेको थियो तर हामीले उक्त हेलिकोप्टरलाई निसाना बनायौं र त्यसमा आगो लाग्यो ।

(प्रतिकात्मक तस्बिर)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: