सञ्चार सचिव सुवेदीले सम्हाले कार्यभार « Nagarik Khabar

सञ्चार सचिव सुवेदीले सम्हाले कार्यभार



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् ।

प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भई आएका सचिव सुवेदीले बुधबार बिहान १० बजे सिंहदरबारस्थित संचार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।

त्यस अवसरमा उनले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले संचार तथा सूचना प्रविधि मन्त्रालय आफ्ना लागि विल्कुलै नयाँ मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीहरुको निरन्तर साथ र सहयोगको अपेक्षा पनि गरे ।

‘मन्त्रालयको काम कारबाहीलाई प्रभावकारी बनाउन म यहाँहरुको सहयोगको अपेक्षा गर्दछु, सचिव सुवेदीले भने, ‘मेरा लागि यो विल्कुलै नयाँ क्षेत्र हो, यहाँहरुको सल्लाह, सुझाव र सहयोग मेरा लागि उपयोगी हुनेछ ।’ सचिव सुवेदीले मन्त्रालय नयाँ भएकाले त्यहाँ कार्यरत कर्मचारीहरु आफ्ना लागि सबै गुरु भएको पनि बताए ।

सचिव सुवेदीलाई मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रसहितका पदाधिकारीहरु तथा सञ्चार मन्त्रालय अन्तरगतका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले पनि स्वागत गरेका थिए ।

यस अघि सो मन्त्रालयको सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: